समाचार

नेकपा एमाले निकटअनेरास्ववियु काभ्रेमा समानान्तर कमिटी घाेषणा

पुस,६ शनिबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एमाले निकट अनेरास्ववियु काभ्रेको अधिवेशनमा दुई समानान्तर कमिटी घाेषणा भएका छन् । अनेरास्ववियुकाे ३१ अौ जिल्ला अधिवेशनमा यस्तो दृश्य देखा परेको हो ।

नेकपा एमालेको जिल्ला अधिवेशनबाट निर्वाचित टिमले दिपेश तिमल्सिनाकाे नेतृत्वमा कमिटी घाेषणा गरेको छ भने इतर पक्षले अर्को टिम अाधिकारी अनेरास्ववियु जिल्ला कमिटी भएको भन्दै नामावली सहित सामाजिक संजालमा सार्वजनिक गरेको छ।

अनेरास्ववियु जिल्ला कमिटीमा मिलन कुमार गौतमको पक्षबाट दिपेश तिमल्सिनाको अध्यक्ष्ातामा उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल, सुजन सापकोटा, सचिव प्रवीण पौडेल, सहसचिव तिर्सना तामाङ, आभास चौलागाईं, उत्कर्ष दाहाल, कोषाध्यक्ष प्रजिता ढुंगाना र सदस्य लगायतकाे जिल्ला कमिटी घाेषणा गरिएको थियो ।

इतर पक्ष हेमराज हुमागाँईकाे तर्फबाट निराजन तिमल्सिनाको नेतृत्वमा उपाध्यक्षमा भिजन लामा, सुजन कोइराला, प्रजिता ढुंगाना, सचिव सुजन सापकोटा, सहसचिव सञ्जीव हुमागाई, उत्कर्ष दाहाल, तृष्णा तामाङ, कोषाध्यक्ष विनायक न्यौपाने, कार्यालय सचिव विकास योञ्जन लगायतकाे नाम सार्वजनिक गरिएको छ।

संघीय सांसद गाेकुल बास्काेटाले उदघाटन गर्नु भएको अनेरास्ववियुकाे जिल्ला अधिवेशमा दुई गुट देखिनु राम्रो संकेत मानिदैन्। जिल्ला अधिवेशन देखि नै प्रष्ट दुई धार देखिएपछि जन वर्गिय संगठनहरुकाे अधिवेशनमा त्यसकाे प्रभाव देखिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *