समाचार
दैलेखमा चट्याङ लागेर ११ जना घाइते
दैलेख राति परेको चट्टयाङ्ग लागेर ७ जना घाइते भएका छन्। नौमूले गाउँपालिकाको–२ मा बुधवार चट्टयाङ्ग लागेर ७ जना घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उँपालिका २ बालुवाटारको नौफेरीमा बारीमा चट्टयाङ्ग पर्दा घरमा बसिरहेका ७ जना घाइते भएका हुन । घाइते मध्ये १ जनाको जिल्ला अस्पताल दैलेख र अन्यको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै उपचार भइरहेको छ ।

यस्तै दैलेखको महावु गाउँपालिका ६ लामिडाँडाको कुईयाँपानीमा बिहीबार साँझ परेको चट्याङ लागेर ४ जना महिला घाइते भएका छन्। महावु गाउँपालिका ४ का जयबहादुर शाहीको घरमा परेको चट्याङ लागेर आँगमा आमा समूहको बैठक बसिरहेका महिलाहरू घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये ४५ बर्सिया जयकुवँरा शाही र ६३ बर्सिया लाल सरा रावत बेहोस भएको र २६ वार्षिया गीता विक र १७ बर्षिया अनिता शाही अर्धचेत रहेका छन् ।

