समाचार

सरकारभन्दा दूतावासको व्यवस्थापनमा भाडा सस्तो

काठमाडौं, जेठ ३२ । विदेशमा अलपत्र श्रमिकलाई केही दूतावासले सरकारद्वारा निर्धारण गरिएको हवाई भाडाभन्दा सस्तोमा घर फर्काउने तयारी गरेका छन्।

सरकारले भने घर फर्कने श्रमिकले नियमितभन्दा दुई गुणा बढी भाडा तिर्नुपर्ने नियम बनाएको छ। जोखिममा परेका श्रमिकसँग अस्वाभाविक भाडा असुल गर्न खोजिँदा धेरैले भ्रष्टाचारको आशंका गरेका बेला दूतावासले सस्तोमै नेपालीलाई फर्काउने तयारी गरेपछि त्यस्तो आंशकामा बल पुगेको छ।

सरकारले कोरोना भाइरस महामारीले विदेशमा रोजगारी गुमाएका, सुत्केरी, महिलालगायत अलपत्रलाई आइतबारदेखि उद्धार गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गरेको हवाई भाडा दर निकै महँगो भएपछि ओमानस्थित नेपाली दूतावासले सस्तो भाडाको विकल्प खोजेको आजको नागरिक दैनिकमा खवर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *