समाचार
कृषि फर्ममा आगलागी : २ सयभन्दा बढी कुखुरा जलेर खरानी हुँदा १२ लाख बढीको क्षति
विराटनगर- मोरङको कटहरी गाउँपालिकास्थित एक कृषि फर्ममा आगलागी हुँदा २ सय बढी कुखुरा जलेका छन् । कृति कृषि फर्ममा गएराति भएको आगलागीबाट खोरमा रहेका २ सय ५० वटा ब्रोइलर कुखुरा जलेर नष्ट भएका हुन् ।

आगालागीबाट कुखुरा पालनका लागि बनाइएको दुई वटा सेड तथा अन्य संरचनासहित भण्डारण गरिएको कुखुराको दाना पनि जलेको बताइएको छ ।
को दुईवटा दमकलका साथै स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो । १२ लाख बढीको क्षति भउको बतायएको छ ।आगो सल्किएको भनिएको कोठामा बिजुलीबत्ती समेत जडान नगरिएको अवस्थाका कारण रिसिइबीले आगलागीको घटना गराइएको हुनसक्ने बताइएको छ ।
