समाचार

साथीहरुसँग घुम्न गएका बेला सिद्धार्थ फोटो खिच्न खोलामा पुगेको बेला पानीको भुमरीमा परेर मृत्यु

बुटवल । तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ । ज्यान जानेमा बुटवलका १६ बर्षीय सिद्धार्थ शाक्य रहेका छन् । शाक्यको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्न गएका बेला डुबेर मृत्यु भएको हो ।

उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जनाको समूह घुम्न निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसईई दिएका थिए ।न्, फोटो खिच्न खोलामा पुगेको बेला पानीको भुमरीमा परेपछि साथीहरुले निकाल्न नसक्दा उनको ज्यान गएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *