समाचार

पौडी खेल्ने क्रममा दुई युवक बेपत्ता

बर्दिया । बर्दियामा पौडी खेल्ने क्रममा दुई युवक बेपत्ता भएका छन् । बर्दियाको कोठियाघाटस्थित कर्णालीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा दुई युवक बेपत्ता भएका प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बेपत्ता हुनेमा बाँके कोहलपुरका १९ वर्षीय दीपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कार्की रहेका छन् ।

घटनास्थल नेपालकै लामो पुलदेखि करिब ५ सय मिटर उत्तरमा रहेको छ । उनीहरूको उद्धारका लागि प्रजिअ कुरुम्बाङ सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल त्यसतर्फ गएको छ ।उक्त घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २५ किमी पश्चिममा पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *