समाचार

नेपालको अन्नपुर्णक्षेत्रमा भेटियो ‘कश्मिर कस्तुरी मृग’

काठमाडौँ – नेपालमा ‘कश्मिर कस्तुरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को मुस्ताङ क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंह र चिनियाँ प्राध्यापकलगायतले पहिलो पटक काश्मिर कस्तुरी मृग पत्ता लगाएका हुन् ।उक्त एकेडेमीका प्राध्यापक जियाङ झिगाङको सुपरभिजनमा सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तुरी मृगबारे अनुसन्धान गरिरहेका बेला फेला पारेका हुन् ।

नेपालमा यसअघि अल्पाइन, कालो र हिमाली गरी तीन प्रजातिका कस्तुरी मृग पाइने बताइएको छ। लामो अनुसन्धानपछि हामीले कश्मिर कस्तुरी मृग प्रमाणित गर्न सफल भएको अनुसन्धानकर्ता पारसविक्रमले बताएका छन् । मुस्ताङको करिब ३ हजार ३ सय मिटर उचाइको मार्फा र लुब्रा क्षेत्रमा कश्मिर कस्तुरी मृग भेटिएको हो।

सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ र कास्कीमा फैलिएको अन्नपूर्ण बेस्क्यापबाट ३ सय ४० वटा कस्तुरीका बड्कौला ९आची० सङ्कलन गरेका थिए। सिंहले उक्त क्षेत्रमा सन् २०१० देखि नै कस्तुरीको अध्ययन थालेका हुन्। सन् २०१५ देखि यता भने कस्तुरीमा विद्यावारिधिका लागि उनको अध्ययन केन्द्रित छ।यो सहित नेपालमा पाइने कस्तुरीका प्रजातिको सङ्ख्या ४ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *