संसारकै अनौठो चिडियाखाना : जहाँ बाघ, भालू र सिंहसँग सुत्न पनि पाइन्छ

अ+
अ
अ-

एजेन्सी । जंगलको राजा सिंहलाई देखेमात्रै धेरैको सातो जान्छ । अझ सिंह आडैमा परे के होला ? अर्जेन्टिनाको ब्युनर्स आयर्सको चिडियाखानाका सिंहले भने केही गर्दैनन् । त्यहाँ सिंह मानिससँगै आएर खेल्न खोज्छन् ।उक्त चिडियाखानामा कुनै पनि जनावरलाई अन्य चिडियाखानामा जसरी तारबारले थुनीदैन । जहाँ सिंह माथि चढेर सिंह सफारी समेत गर्न पाइन्छ ।
जहाँ सिंह बाहेकका बाघ, भालू लगायत हिंसस्रक र डरलाग्दा वन्यजन्तुलाई पनि छुन र मुसार्न र उनीहरुसँग सुत्न समेत पाइन्छ ।१९९४ मा यो खुलेको चिडियाखाना आगन्तुकहरुलाई सिंह तथा बाघहरुसँगै गएर खेल्ने र बस्ने तथा चढ्ने समेत मौका दिन थालिएको छ ।