श्रीमतिको हत्या गरी फालिएको अवस्थामा घर नजिकै शव फेला , श्रीमान्सहित तीन जना पक्राउ

अ+
अ
अ-

तौलिहवा- कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । प्रक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकमारी दिनुभयोे ।