काठमाडौं । मोडल सङ्ग्स नेपालले मिस्टर प्लस साईज नेपालको आयोजना गर्ने भएको छ। मोडल सङ्ग्सले ग्लोरी मिडियासँगको सहकार्य माझ उक्त सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न लागेको हो । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बिभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड कार्यक्रमहरु सञ्चालन गर्न सफल सङ्ग्स नेपालले “मिस्टर प्लस साईज नेपाल, २०१९” को आयोजनागर्न लागेको हो । “मिस्टर प्लस साईज नेपाल, २०१९” सौन्दर्य प्रतियोगितामा विवाहित तथा अविवाहित सबै पुरुषहरुले भाग लिन पाउनेछन । प्रतियोगितामा भाग लिनको लागि १६ देखि ५५ बर्ष उमेर समूहका प्लस साईज पुरुष हुनुपर्ने तथा १६ देखि २५ बर्ष उमेर समूहको तौल ६० केजी भन्दा माथि र २५ बर्ष भन्दा माथिका समूहका लागि ७० केजी भन्दा माथिका तौल भएकाले प्रतियोगी हुन पाउनेछन् । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज ९मोटोपन० भएर निराश भएर बसेका, सुन्दर र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई अगाडी आउन पछाडी सरेका पुरुषहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिवृद्धि गर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस “मिस्टर प्लस साईज नेपाल, २०१९” प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले बताउनुभयो ।
आयोजक राजपुतका अनुसार अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई मोडलिङसम्वन्धी ज्ञान तथा यसको भविष्य, सञ्चार दक्षता, एम सि ज्ञान तथा जीवन उपयोगी ज्ञान, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, समय तथा रिस व्यवस्थापन, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईनेछ । प्रतियोगिताका विजेता तथा उत्कृष्ट ३ रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश गरिने छ, राजपुतले भन्नुभयो ।



