मोरङका अलगअलग स्थानमा भएकाे घटनामा दुईको मृत्यु

अ+
अ
अ-

विराटनगर / मोरङका अलगअलग स्थानमा भएका घटनामा मंगलबार दिउँसो दुई जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–४ मगर टोलमा नहरमा डुबेर ११ वर्षीय अभिषेक मगरको मृत्यु भएको छ । स्थानीय विमल मगरका छोरा अभिषेक साथीहरुसँग घर नजिकैको नरहमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै विराटनगर महानगरपालिका–७ मा करेन्ट लागेर २२ वर्षीय भोजराज दुलालको मृत्यु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय अगाडिको सडकमा रहेको बिजुलीको पोल सार्ने क्रममा आशिष निर्माण सेवामा काम गर्ने पर्साको संखुवाप्रसेनी गाउँपालिका – १ घर भएका दुलाललाई करेन्ट लागेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले करेन्ट लागेर घाइते भएका युवाको उपचारका क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएको हो । दुवै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनले बताए ।