आकाश र पूजा ‘पोई पर्यो काले’मा फाइनल, फिल्मका लागी पूजाले लिइन २० लाख पारिश्रमिक

अ+
अ
अ-

काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा नयाँ फिल्ममा भित्रिएका छन् । फिल्म ‘पोई पर्यो काले’मा पुजार आकाश फाइनल भएका हुन् । फिल्मका लागी नायिका पुजाले २० लाख पारिश्रमिक लिएको र अभिनेता आकाश श्रेष्ठले पनि १८ लाख लिएको बताइएको छ ।

फिल्मको कथा लेखन निर्देशन निर्देशक शिशिर राणाले गर्ने भएका छन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो पिल्म रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेका छन् भने निर्माता दिपक मनाङ्गे भएको बताइएको छ ।

फिल्ममा अर्का एक नायक र नायिका पनि हुने बताइएको छ ।फिल्मको छायांकन जेठबाट सुरु हुने निर्माण टोलीले जनाएको छ । फिल्मलाई कात्तिकको ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने छ ।