क्यानडाको पासपोर्ट भएका १२ नेपाली महिलाहरु केन्याको बारबाट पक्राउ

अ+
अ
अ-

काठमाडौं । केन्याको रंगिला बारमा प्रहरीले छापा मार्दा १२ नेपाली महिला पक्राउ परेका छन् । घटना हो शनिबारको । केन्या प्रहरीले छापा मारेको उत्त बारमा प्रहरी पुग्दा नेपाली महिलाले मनोरञ्जन दिईरहेका थिए । त्यसअघि पनि प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो ।

तर उनीहरु प्रहरीको आँखा छलेर केन्या प्रवेश गरे लगत्तै पक्राउ परेका हुन् । केन्या प्रहरीले उनीहरुसँग क्यानडाको पासपोर्ट भएको पनि दाबी गरिरहेको छ । केन्यामा यौन व्यवसायको लागी कडा नियम छ । घटनाबारे थप अनुसन्धान भईरहेको केन्या प्रहरी र अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।