खोलामा भेटियो युवकको शव, पक्राउ परिन् युवती

अ+
अ
अ-

कञ्चनपुर । कञ्चनपुरमा चार दिन देखि हराइरहेका एक युवकको शव सोमबार फेला परेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायकको सोमबार शव खोलामा भेटिएको प्रहरीले जनाएको छ । सुविलले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवतीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो।