विश्वभर एकैपटक किन आयो फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा समस्या ?

अ+
अ
अ-

काठमाडौं । नेपाललगायत विश्वभरिका फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका प्रयोगकर्ताहरुले समस्या भोगेका छन्। आइतबार अपरान्हदेखि समस्या देखिएको हो । फेसबुक र इन्स्टाग्राम खोल्दा पहुँचभन्दा बाहिर रहेको समस्या देखाउँछ । प्रयोगकर्ताहरुले समाचार फिड ताजा गर्न पनि सकेका छैनन् र फेसबुकको डोमेन नाम पनि उपलब्ध नभएको देखाइरहेको छ । व्हाट्सएपमा पनि न सन्देश जान्छ न त सन्देश नै प्राप्त हुन्छ । प्रयोगकर्ताहरुले धमाधम ट्वीटरमा ट्वीट गर्दै समस्याबारे बताइरहेका छन् ।

गत महिना पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप सञ्चालनमा २४ घण्टासम्म समस्या आएको थियो र फेसबुकले किन यस्तो भयो भन्ने बारेमा स्पष्ट पारेको थियो । फेसबुकले सर्भर मर्मतसम्भारका कारण यस्तो भएको बताएको थियो ।

किन पटक पटक यी सामाजिक सञ्जालमा यस्ता समस्याहरु आइरहन्छन् भन्नेबारे फेसबुकले आधिकारिक धारणा राखिसकेको छैन । साँझदखि भने फेसबुक चलेकाे छ ।