देशैभर ‘ए मेरो हजुर ३’ हेर्न दर्शक यसरी उर्लिए

अ+
अ
अ-

काठमाडौं । चर्चित अनमोल केसी र सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ३’ ले दोस्रौ दिन पनि आक्रामक ब्यापार गरेको छ । शुक्रबारबाट रिलिज भएको सिनेमा ‘ए मेरो हजुर ३’ले बम्पर सुरुवात गरेको निर्माण पक्षको दाबी छ । आज दोस्रो दिन शनिबार पनि सिनेमाको आक्रमक ब्यापारले निरन्तरता पाएको छ । वितरक र निर्माण टिमले दिएको जानकारी अनुसार शनिबार ‘ए मेरो हजुर ३’ले देशभरका मल्टिपेलेक्स र सिंगल हलमा बम्पर ब्यापार गरेको छ । राम्रो दर्शक पाएको छ । शुक्रबारबाट रिलिज भएको ‘ए मेरो हजुर ३’ले पहिलो दिन बक्सअफिसमा सुखद् सुरुवात गरेको छ । सिंगल स्क्रिनसँगै मल्टिप्लेक्समा दर्शकको भीड रहेको चलचित्र टिमले जनाएको छ । राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल बिहानैदेखि हाउसफुल रहेको छ ।

मल्टीप्लेक्स क्यूएफएक्स चेनमा मात्र फिल्मको अकुपेन्सी बिहानदेखि ८० प्रतिशतमाथि रहेको दाबी गरिएको छ । प्रदर्शनको दोस्रो दिन शनिबारको रिपोर्ट आइसकेको छैन तर, यस दिन र आइतबार नयाँ वर्षको दिन उत्कृष्ट व्यापार गर्ने चलचित्र निर्माण टिमको अपेक्षा छ । फिल्म ’क्याप्टेन’ ले अपेक्षाकृत ओपनिङ गर्न चुकेपछि धेरैले अभिनेता अनमोल केसीको स्टारडममाथि प्रश्न उठाएका थिए । ‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङले उनको स्टारडममाथि शंका गर्नेलाई पनि गतिलै जवाफ फर्काएको छ । फिल्म हेर्ने अधिकांश दर्शकले डेब्यू गर्ल सुहाना थापाको तारिफ गरेका छन् ।

झरना थापा निर्दे्शित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
शनिबारका बिहानी शोबाटै काठमाडौंको गोपी कृष्ण हलमा ६ हल हाउसफुल रहेको र २ बजेको शोमा भने कृष्ण, राधा, मिरा र शिवाय लगायतका ६ हलमा सिनेमा लागीरहेको हलका प्रबन्ध निर्देशक प्रदीप दाहालले ओएस नेपाललाई जानकारी दिए । यता काठमाडौंका अन्य सिनेमा हलहरु अष्टनारायण, गुण, गंगा, कलंकी बहारी लगायतमा सिनेमा घरमा पनि उत्तिकै दर्शकको चाप रहेको वितरले बताए । यता देशकै ठुलो मल्टिपेलेक्स चेन क्युएफएक्स अन्र्तगतका सिभिल, जय नेपाल, छायाँ सेन्टर, कुमारीका साथै विग मुभिज, बिएसआर, एफ क्युब लगायतका सम्पुर्ण हलमा दर्शक खचाखच भरिएका छन् । भने, नयाँ वर्षको अवसर पारेर भोलीबाट देशभरकै सिंगल तथा मल्टिपेलेक्स हलले ‘ए मेरो हजुर ३’को शो समेत बढाएका छन् ।