समाचार

सिरहामा बिहेकै दिन अनिष्ठ, ग्यास पडकिएर आगलगी

सिरहा / लहान नगरपालिका वडा नं. २२ गम्हरिया टोलमा आज विहान आगलागी हुँदा बैवाहिक माहाेल तनाव ग्रस्त भएकाे छ । राधेश्याम चौधरीको छोरीको विहेको खाना तयारी गर्ने क्रममा आचानक ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । आगलागीमा घरमा रहेको अन्नपात लत्ता कपडा , नगद , सुनचाँदी , बिहेभोजको सम्पुर्ण सर –समानहरु जलेर नष्ट भएकाे छ ।

आगलागीमा छिमेकी राधेश्याम चौधरीको, ठिठर चौधरीको र बालकृष्ण चौधरीकाे घरमा समेत क्षति पुगेकाे छ । स्थानिय बासी, शसत्र प्रहरी, लहान नगरपालिकाबाट आएको बारुण यन्त्रले करीब २ घण्टा पछी आगो नियन्त्रणमा लिएको थियो । आगलागिमा कुनै किसिमको मानबिय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *