अ+
अ
अ-
काठमाडौँ, २४ माघ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र लेखापरीक्षण गराउन सम्बन्धित तालुक निकायलाई निर्देशन दिएको हो ।


