प्रचण्डको टिप्पणी : सरकारका काम फिल्मजस्ता नाटकीय

अ+
अ
अ-

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामकारबाही हिन्दी जासुसी फिल्मजस्ता नाटकीय भएको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधि जासुसी फिल्मको शैलीमा अघि बढिरहेको बताएका हुन्।

‘कतिबेला के हुने हो, कसलाई हमला हुने हो, कुन नेता, पत्रकार वा कर्मचारीमाथि आक्रमण हुने हो भन्ने केही थाहा छैन,’ उनले भने।

गणतन्त्र ल्याउन तथा मुलुकको विकासका पूर्वाधार निर्माण गर्न योगदान गर्ने व्यक्तिहरूलाई नै अपराधीका रूपमा चित्रण गर्ने भाष्य निर्माण गर्न खोजिएको उनको आरोप छ।

प्रचण्डले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै राजनीतिक परिवर्तन र विकासमा योगदान गरेका व्यक्तिहरूमाथि अपराधीको भाष्य निर्माण गर्न खोजिएको दाबी गरेका हुन्।