भरतपुरबाट ओलीलाई प्रचण्डको चूनौति : व्यक्तिको भनाइले अर्थ राख्दैन (भिडियोसहित)

अ+
अ
अ-

चितवन, २४ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको भन्दै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला चूनौति दिएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी सचिवालयले समेत विज्ञप्तिको भावनाअनुसार वक्तव्य जारी गरेको भन्दै व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे ।