Breaking News : सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

अ+
अ
अ-

काठमाडौँ, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो भएको दुर्घटनामा ८ जना घाइते भएका हुन्।

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।