अ+
अ
अ-
रियो डे जानेरो,२४ माघ । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ ।

उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेका यहाँको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ ।यस घटानामा ज्यान गुमाउने र वेपत्ता भएका व्यक्तिको पछिल्लो विवरण नागरिक प्रतिरक्षा निकायले बुधबार सार्वजनिक गरेको बताइएको छ ।


