लाओस भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता

अ+
अ
अ-

काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनुभएको छ । लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते जानु भएका नेता नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेकपा र रिभोलुसनरी पार्टीका साथै दुबै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गर्नुभएको नेपालसँगै फर्कनुभएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।