अ+
अ
अ-
काठमाडौं, २२ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखराज भट्टले आफूहरुलाई मात्रै गाली गरेर नेतृत्व उम्किन नपाउने चेतावनी दिएका छन ।

सांगठनिक एकता टुँगो लगाउन गठित कार्यदलका सदस्य समेत रहेका भट्टले मंगलबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले कार्यदललाई अहिले नै निकम्मा भन्न नहुने जिकिर गरे । कार्यदलले समयमै काम गर्न नसक्नुको कारण सचिवालयलाई पनि थाहा रहेको उनको दाबी छ ।


