अ+
अ
अ-
काबुल, २२ माघ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ ।

यस झडपमा आठ जना तालिबान लडाकू पनि मारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरतर्फको इलाकामा उक्त झडप भएको थियो ।


