मरेका गैँडाको नमूना परीक्षण गरिने

अ+
अ
अ-

चितवन,२१ माघ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ । गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो ।

चालू आवको हालसम्म २९ गैँडा मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महीनामा मरेका सात गैँडा फेला परेका थिए । वर्षात्को बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उहाँले बताउनुभयो ।