ओलीसँग उपेन्द्र यादव बिच्किए, प्रचण्डको चाहना यस्तो !

अ+
अ
अ-

काठमाडौं, २१ माघ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेको छ । सरकार गठन भएको एक वर्ष बित्न लाग्दापनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा फोरम प्रधानमन्त्री ओलीसँग रिसाएको हो ।

यसको प्रत्यक्ष प्रभाव अहिले सरकारमा सहभागी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र ओलीबीचको सम्बन्धमा तित्तताले पुष्टि गर्छ । उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादव र ओलीबीच पछिल्लो समय सम्वाद नै हुन नसकेको स्रोतको दाबी छ ।