अ+
अ
अ-
काठमाडौँ,१८ माघ । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् ।

उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पु¥याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताउनुभयो ।


