मनोरञ्जन
दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जे देखियो (फोटोफिचर)

उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई
काठमाडौँ, १३ फागुन । ‘दोस्रो नेपाल अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव’ आज काठमाडौंमा एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ (निब्दो मैनवत्ती) ले हात पारेको छ ।
नरेशकुमार केसीद्वारा निर्दे्शित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

