मनोरञ्जनविश्व

किन गर्दैनन् मदिराको विज्ञापन – अमिताभ बच्चन ?

मुम्बई– सलमान खानदेखि सन्नी लियोनीसम्म मदिराकै विज्ञापनका लागि बलिउडदेखि नेपालसम्म आइरहेका बेला सुपरस्टार अमिताभ बच्चन भने अहिलेसम्म करियरमा मदिराको विज्ञापन गरेका छैनन्।

रक्सीको विज्ञापन प्रचार नगर्नुको कारणबारे उनले भर्खरै खुलाएका छन्। क्युरियस क्रियटिभ अवाड्र्स समारोह बोल्दै अमिताभले आफूले सेवन नगर्ने भएकाले मदिरा र धुम्रपानसँग सम्बन्धित कुनैपनि उत्पादनको विज्ञापन र प्रचार नगरेको बताए। समारोहमा विज्ञापन र मार्केटिङ्ग क्षेत्रमा योगदान गरेको भन्दै उनलाई मास्टर अफ क्रियटिभिटी अवार्डबाट सम्मानित गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार स्किन केयर, बेबी केयर, हेयर क्याटगोरी र अन्य उत्पादनको प्रवर्द्धन गरेका अमिताभले भनेका छन्– ‘यदि उत्पादन मन पर्यो भने त्यसलाई प्रयोग गर्छु। प्रवर्द्धन गर्छु। तर, म रक्सी, धुम्रपान वा पान बहारसँग सम्बन्धित उत्पादनको प्रचार गर्दिन। किनकी म सेवन गर्दिन।’

उनले आफूले वस्तुको प्रवर्द्धन पैसाका लागि मात्र नगर्ने पनि स्पष्ट पारेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *