खेलकुद
च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीद्धारा साल्के पराजित
काठमाडौं, ९ फागुन । च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटीले एफसी साल्केलाई ३–२ ले हराएको छ। बुधबार सम्पन्न अन्तिम १६ को पहिलो लेग खेलमा पहिलो हाफ सकिदा सिटी २-१ ले पछाडी परेको थियो। साल्केले पहिलो हाफका दुबै गोल पेनाल्टीमार्फत गरेको हो।

खेलको ३८ र ४५ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई बेन्तालेबले साल्केको पक्षमा पारेका थिए। सो खेलमा पहिलो अग्रतमा भने सिटीले खेलको १८ औं मिनेटमा सर्जियो अग्युरोको गोलबाट लिएको थियो।


