समाचार
ब्रसेल्समा चिनियाँ जासुस सक्रिय भन्ने बिषयको चीनद्वारा खण्डन
ब्रसेल्स, २७ माघ / बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको यसको आइतबार खण्डन गरेको छ ।

केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको ब्रसेल्सस्थित चिनियाँ राजदूताबासका प्रवक्ताले बताउनुभयो ।
