खेलकुद

रुकुम कप फुटबल प्रतियोगिता उपाधि झुलखेत सिटीलाई,रु ८० हजार, मेडल र प्रमाणपत्र हात पार्न सफल

काठमाडौँ,१४ कात्तिक । चौथो रुकुम कप फुटबल प्रतियोगिताको उपाधि झुलखेत सिटीले जितेको छ । उपाधिसँगै झुलखेतले रु ८० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

मुसिकोट छिवाङ–१३ लाई २–० गोलअन्तरले पराजित गर्दै झुलखेत प्रतियोगिताको विजेता बनेको हो । उपविजेता मुसिकोट छिवाङ–१३ ले रु ४० हजार पुरस्कार प्राप्त गरेको छ । शिद्धगुफा युवा क्लब मुसिकोट–१ र रुकुमकोट युनाइटेड ‘बी’ ले रु १५÷१५ हजार पुरस्कार प्राप्त गरे । समृद्ध समाज नेपालले आयोजना गरेको उक्त प्रतियोगिता यही कात्तिक १० गतेदेखि सिस्ने गाउँपालिकास्थित शहीद स्मृति रुक्मिणी रङ्गशालामा शुरु भएको थियो । प्रतियोगितामा रुकुम पूर्व र पश्चिमका गरी ११ टिम सहभागि भएका थिए । प्रतियोगीता सञ्चालन गर्न सिस्ने गाउँपालिकाले रु दुई लाख ७५ हजार सहयोग गरेको थियो ।

समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शेर्पालीका अनुसार अनुशासित टिम हिमशिखा बोर्डिङ स्कूलले रु १० हजार, उत्कृष्ट खेलाडी झुलखेत सिटीका खुमबहादुर वलीले रु सात हजार, उत्कष्ट गोलकिपर झुलखेत सिटीका सन्तोष बुढाथाकी, उत्कउष्ट डिफेन्डर झुलखेत सिटीकै हेमराज राउत, उत्कृष्ट मिडफिल्डर रुकुमकोट युनाइटेड ‘ए’ का श्रीकुमार बुढाथाकी तथा उत्कृष्ट स्ट्राइकर मुसिकोट–१३ छिबाङका अनुराग जिसीले रु पाँच÷पाँच हजार पुरस्कार प्राप्त गरे । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *