समाचार
२५० उद्योगका एनएस चिह्न प्रदान
काठमाडौँ,२१ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न एनएस प्रदान गरेको छ ।

विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, २३ पिभीसी केवल उद्योगबाट उत्पादित २३ वस्तु, १० एलपीजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु र २९ एचटिपीइ पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् ।