रंगशाला निर्माणमा राजनीतिकरण र भ्रष्टाचार हुन दिन्न : रेणु दाहाल

अ+
अ
अ-

रेणु दाहाल, मेयर, भरतपुर महानगरपालिका

चर्चित हास्य कलाकार धुर्मुस र सुन्तलीका नाममा खोलिएको ‘धुर्मुस सुन्तली फाउण्डेसन’ ले भरतपुर महानगरपालिकाले दिएको जग्गामा ३ अर्बको लागतमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । भरतपुर महानगरपालिकाले कुनै ठूलो निर्माण कम्पनीलाई जस्तै महत्व दिएर धुर्मुस सुन्तली फाउन्डेसनसँग बुधबार रंगशाला निर्माणको औपचारिक सम्झौता नै गरिसकेको छ । यसै विषयमा केन्द्रित रहेर महानगरकी प्रमुख रेणु दाहालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।