चीनमा कृषि अध्ययन गर्न जाने विद्यार्थीको कोटा बढाउन आग्रह

अ+
अ
अ-

काठमाडौं, १७ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।

??

नेपालका लागि चीनियाँ राजदूत होउ यानकीसँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरेका हुन् ।