कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने

अ+
अ
अ-

काठमाडौँ, १७ माघ । अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गर्नुभएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उहाँले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।