महेश नेपाली: वादी समुदाय ऐतिहासिक रूपमा शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक रूपमा पछाडी पारिएको र विकासको मूलप्रवाहबाट वञ्चितीकरणमा पारिएको अल्पसंख्यक समुदाय हो । बाध्यात्मक यौन व्यवसायमा संलग्न यो समुदायले यसबाट उत्पन्न समस्याहरूका कारण सामाजिक उत्पीडन, हिंसा, भेदभाव र दुव्र्यवहारको अनेकानेक आक्रमणहरू सहँदै आएको कुरा घाम जस्तै छर्लङ्ग छ ।

ऐतिहासिक रूपमा भूमिहीन, अशिक्षा, गरिबी, बेरोजगारी, स्थायी बसोबास नहुनु र जीवन निर्वाहको विकल्पकारूपमा अपनाएको यौन व्यवसाय र यसबाट उत्पन्न समस्याहरूका कारण इतिहासदेखि हालसम्म यो समुदायलाई राज्यको मूलप्रवाहमा लैजानका लागि समुदाय नेतृत्व राज्य संयन्त्र नहुनु र राज्यका नीति निर्माण तहमा शून्य वादी समुदायको प्रतिनिधित्व भएको कारण यो समुदाय कहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेन । जसको परिणामस्वरूप यो समुदाय अहिलेको विज्ञान प्रविधि र आधुनिकीकरणको युगमा पनि आफ्ना आधारभूत आवश्यकताको परिपूर्ति र समुदायको आत्मसम्मान र पहिचानका लागि राज्यसँग भीख मागिरहेको अवस्था छ ।


