अ+
अ
अ-
काठमाडौं १५ माघ । एकजना १५ वर्षीया बालिका बलात्कारको आरोपमा तरहराबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश खड्का, सुवास विक र भीमबहादुर परियार छन् । कक्षा ७ मा पढ्ने ती बालिकाको पेटमा गर्भ भएको थाहा भएपछि बलात्कारको घटना खुलेको हो । पक्राउ परेका तीनैजनाले फरक फरक समय र ठाउँ जिकिर गरेपछि तीनजनाले सामुहिक बलाकार गरेको भने नखुलेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर बुद्धि चौलागाईँले बताए ।

‘कात्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थान बताएका छन्,’ यौनसम्बन्धको लागि बाँस झ्याङदेखि आफ्नै कोठालाई प्रयोग गरेको खुलेको बताउँदै चौलागाईले भने ।


