डा. केसीको समर्थनमा चिकित्सकको सामूहिक रिले अनशन सुरु (फोटोफिचर)

अ+
अ
अ-

काठमाडौंं, १४ माघ । चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरू सामूहिक अनसनमा बसेका छन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।