आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

अ+
अ
अ-

काठमाडौँ,१४ माघ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट९पटुवा० गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ ।

स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, पाँच हजार मन जुट ९सनपाट पटुवा०मा जल्नाका साथै गोदाममा समेत क्षति पुगेकाले सो मूल्य बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।