अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब

अ+
अ
अ-

काठमाडौं १४ माघ । ठेक्का अलपत्र भन्नेबित्तिकै अचेल ‘पप्पु कन्स्ट्रक्सन’ को नाम लिइन्छ । तर, त्यस्ता बेइमान ठेगदार दर्जनौं छन्, जसले १ हजार ८ सय ४८ योजना लथालिंग छाडेका छन् । त्यसको लागत एक खर्ब १८ अर्ब रुपैयाँ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनले भन्छ– तीमध्ये ५६ प्रतिशत अर्थात् १ हजार ३२ ठेक्काको म्याद थपसम्म नगरी बीचमै छाडिएको छ । बाँकी ४४ प्रतिशतको पटक–पटक म्याद थप्दै अलमल्याउँदै राखिएको छ ।