पानीले छ करोड इँटा नोक्सान

अ+
अ
अ-
em/Ln] kfNkfsf] /fdk’/ gu/kflnsf– * l:yt /fdk’/ O{§f pBf]udf 7’nf] Iflt k’u]sf] 5 . t:jL/ M ;’zLnf /]UDfL, a]emf8 -kfNkf_ /f;;

काठमाडौँ,१३ माघ । लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफरअली मिँयाले जानकारी दिनुभयो ।

शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले छ लाख इँटा नोक्सान भएका उद्योगी जमसेर अलीले बताउनुभयो । कूल ६७ सञ्चालनमा रहेका इँटा उद्योगमा नोक्सानी भएको केन्द्रीय उपाध्यक्ष मिँयाले जानकारी दिनुभयो ।