इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

अ+
अ
अ-

काठमाडौँ,११ माघ । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण वर्षापछि आएको बाढी पहिरोको कारण हजारौँ व्यक्ति विस्थापित र घरवारविहीन भएका छन् ।

बाढी पहिरोका कारण अझै २५ जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् । यस प्रकारको भीषण प्रकोप आफूले कहिल्यै नदेखेको सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग प्रमुखले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।