सभामुख महरा र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

अ+
अ
अ-

काठमाडौं, पुस ३० । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेकी छन् । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले भेटवार्ता गरेकी हुन् ।भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश याङछीले सभामुखलाई प्रदान् गरिन् ।

सो अवसरमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताए । दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको महराले बताए ।चिनियाँ राजदूतको रुपमा नेपाल आएकी याङ्छीलाई स्वागत गर्दै सभामुख महराले कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।सभामुखसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताइन् ।