खेलकुद
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो

काठमाडौं, १४ माघ । रियल मड्रिड इस्पान्योललाई ४-२ गोल अन्तरले हराउँदै स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।
इस्पान्योलको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक/एक गोल गरे। इस्पान्योलका लियो बापपटस्टाओ र रोबर्टो रोसेल्सले गोल गरे ।



