uncategorized

तिब्बत सरकारले फिर्ता पठायो २५ सय नेपाली

हुम्ला : तिब्बतकाे सीमा जोडिएको हुम्लाबाट कामको खोजीमा गएका नेपालीलाई उनीहरूको सीमापास नियन्त्रणमा लिँदै चीन सरकारले फिर्ता पठाएको छ। हुम्लाको हिल्सा नाका हुँदै तिब्बतको ताक्लाकोटमा कामको खोजीमा गएका २ हजार ५ सय हुम्ली कामदारलाई चीन सरकारको प्रशासनले फिर्ता पठाएको ताक्लाकोटबाट लामु लामाले जानकारी दिए।

यो खबर आजको नेपाल समाचरपत्रमा लेखेका छन्। बेरोजगार युवा जिल्लामा काम नपाए पछि हरेक वर्ष तिब्बतको ताक्लाकोटमा काम गर्न जाने गरेका छन् । बेरोजगार युवाहरु जिल्लामा काम नपाए पछि हरेक बर्ष तिब्बतको ताक्ला बोटमा काम गर्न जाने गरेका छन । गाँस, कपासको जिल्लाको जोहो हुने नभइ पछि हरेहक बर्ष ताक्लाकोटमा कामको शिलशिलामा पुगेका नेपाली कामदारलाई काम गर्न नदिएर ताक्लाकोटबाट र्फिता गराएको राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

घरबाट अली बाटोखर्च भनेर ल्याएको पैसा पनि सकिएको र अहिले के खाने भनेर तिब्बत पुगेका नेपालीहरु अन्यौलमा परेको भण्डारीले जानकारी दिनुभयो। यहि जेठ पहिलो हप्ता हुम्लाका सर्किदेउ गाउँ निवासी पेज फडेराले चिनीया युवतीको हत्या गरेपछि तिब्बत पञ्शासनले हुम्ली माथि कडाई गरेको छ । बैशाख अन्तिम साता देखि करिब २५ सय हुम्ली कामदार चीनमा पुगेको उहँले जानकारी दिनुभयो ।

तिब्बतको प्रशासनले एक दिनमा करिब चार पाँच सय जनाको सिमा पास थुतेर फिर्ता पठाउने गरेको भण्डारीको भनाई रहेको छ । भण्डारीले भने अहिले ताक्लाकोट पुगेका सबै हुम्लीको अनुहार मलिन देखिएको छ काम गरेर परिवार पाल्ने लक्ष लिएर यहाँ पुगेका हामी हुम्लीको यतिबेला विचल्ली भएको छ । दुई चार दिन कामगरेको पैसाले बिहिबार दिउँसो देखि लत्ता,कपडा किनेर हुम्ली फिर्ता हुँदै गरेको उहाँले जानकारी दिनुभयो ।

यो बिशिस्ट परिस्थीतिमा हुम्लीको रोजिरोटि र यहाँ ताग्लाकोटमा रहेका नेपाली हुम्ली हरुलाई बिगतका बर्षझै सिमानाका जनतालाइ आफ्नो देशको प्रशासनबाट तीस किलोमिटर भित्र घुमफिर व्यापार र काम गर्ने गरि पासपोर्ट ल्याएमा एकबर्ष बस्न दिने नियम यहाँको प्रशासनको थियो तर यो बर्ष एकाएक नेपाली हुम्लीहरुलाई ताक्लाकोट बाट हुम्ला फिर्ता गर्नेभएको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *