समाचार

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

काठमाडौँ,१३ माघ ।चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।

सोही अवधिमा सात लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ ।आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा क वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *