समाचार
योजना आयोगको प्रस्ताव :प्रत्येक वडामा स्याहार केन्द्र

काठमाडौं ११ माघ । राष्ट्रिय योजना आयोगले स्थानीय सरकार मातहत प्रत्येक वडामा शिशु स्याहार केन्द्र स्थापना गर्न प्रस्ताव अघि बढाएको छ । प्रारम्भिक बाल विकास रणनीति (२०१९(२०३०) निर्माणका क्रममा आयोगले ८ वर्षसम्मका बालबालिका लक्षित गरी केन्द्र सञ्चालन गर्न लागेको हो ।
हाल सामुदायिक विद्यालय र निजी तवरबाट सञ्चालित ३६ हजार ५ सय ६८ बालविकास केन्द्र छन् । यी केन्द्र उद्देश्यअनुरूप प्रभावकारी नभएकाले स्थानीय सरकार मातहत चलाउन लागिएको आयोगले जनाएको छ