समाचार

कानुनमन्त्री तामाङ र दुर्गा प्रसाईको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

साउन ६, काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले पनि आपत्ति जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

श्रेष्ठले सामाजिक संजालमा टुइटरमा यसबारे आफ्नो धारणा राख्दै तामाङको टिप्पणी दुखद रहेको उल्लेख गरेका छन् । तामाङको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *